यो कस्तो द्वन्द हो ?
अस्तित्व र औचित्य बीच को
के तिम्रो मूर्तता नै महत्वपुर्ण हो?
के तिम्रो सार्थक हुनुका मानकहरु छैनन् ?
कतै तिम्रा भावनाहरु कुनै नामी गीत को उपेक्षित अन्तरा जस्ता त छैनन् ?
लोकप्रियता को भागीदार हुनुको हर्ष मनाउने कि
त्यो गीत को अंग हुँदा पनि भुलिएको मा विस्मात
यो कस्तो द्वन्द हो ?
पहिचान र फगत उल्लेख बीच को
के तिमि पराकम्पन जस्तो त हैनौ ?
महसुस त गरिन्छौ तिमी , तर सम्झनाको जरो अर्कै भूकम्पको भागमा पर्छ
कतै तिम्रा उपलब्धि बिजगणित का समीकरण जस्ता त होइनन ?
भयङ्कर तर काल्पनिक
के १० जनाले १०० दिन मा बनाउने
तिम्रो कल्पनाको संसारको महल
तिमीले एक्लै १००० दिनमा बनाउन सक्छौ ?
यो कस्तो द्वन्द हो ?
चिन्ह र निर्भरता बीचको
कैयौं मोड र चोकहरुका नाम हुदैनन्
तिनीहरु दिशा बताउन मात्र उल्लेख गरिन्छन
कैयौं भने बिना कुना, बिना घुम्ती प्रसिद्ध छन्
तिम्रा सोल्टिमोडहरु , तिम्रा एकान्तकुनाहरु
यो कस्तो द्वन्द हो ?
तिम्रो अभिमान र वास्तविकता बीचको
तिमी आफूले जिउन खनेको बाटोलाई असन - इन्द्रचोक गल्ली ठान्छौ
व्यस्त भव्य , हिंंड्न मात्र पनि प्रतिष्पर्धा गर्नुपर्ने
कतै तिमी नक्साल भगवती - दुरसंचार मार्ग जस्तो
एक्सिलरेटर को एक झट्का मा पार भइने
गुमनाम , सतही , साधारण , बैकल्पिक सडक त होइनौ?

Comments
Post a Comment