सादगी

 सादगी 

 कमसेसकम Lemon सोडा त खाऊ! 

आफ्नो Lager को चुस्की लिँदै उनले भनिन्

 

 हाम्रा नदीहरूका धार समानान्तर छैनन् 

तिम्रो घाँटी Fermented जौं ले भिजाउँछ मेरो Carbonated जल ले 

 

म खल्लो पेय लाई अझै खल्ल्याउन खोज्दैछु

 तिमी सितनमा मसला थप्दैछौ 

 

कहाँ बदाम साँधेको 

कहाँ बँदेल सेकेको

Comments