तिम्रा भिन्न "म" हरु

"तिमी मेरा लागी
न्युट्रन जस्तै हौ"
उनले भनिन्
मेरो आणविक संसारमा
एलेक्ट्रन जसरी
तिमी देखिंदैनौ बाहिर कतै
अरुको नज़र पर्दैन तिमी मा 
महसुस गरिंदैनौ
म भित्र संकुचित छौ शायद
अदृश्य,
तर तिमी हुनु र नहुनुको फरक
मेरो जिन्दगीमा धेरै ठुलो छ
तिम्रो उपस्थिति र अनुपस्थितिमा
म भिन्न व्यक्तित्व बन्छु,
मेरा भिन्न आइसोटोपहरु

Comments