सिसाकलम

शायद यो गाढा मसि प्रतिको घृणा हो
स्थायित्व सँगको भय।
अनिश्चितता सँगको सामीप्य हो
सम्पादन प्रतिको मोह।

शायद मेरो अविश्वास दोषी हो
मेरो अस्थिर मन!
शायद स्वयंलाई तर्साउने प्रश्नहरुको सिलसिला,
र त्यसैको बोझले होला,
कैयन उत्तरहरु शिशाकलमले लेखिएका छन्
खोई,
मेरो मन कहिले बदलिन्छ
अनि मेटेर नयाँ उत्तर लेख्छु
भनेर साँचेजस्ता,
काँचा उत्तरहरु

मान्छेहरु खेस्रासँग परहेज राख्छन्
"परमानेन्ट मार्कर" बोकेर हिँड्नेहरु
न उनीहरुभित्र गल्तीको कुनै डर छ
न "करेक्शन" सँग कुनै लगाव
विकृत कथालाई उनीहरु नयाँ पानाहरुले सच्याउँछन्
उही "परमानेन्ट मार्कर" र गाढा मसी ओकल्ने कलमहरुले
अतितसँग लगाव नराख्ने, एकतर्फी दृष्टि भएकाहरु
आफ्नो ईतिहास नयाँ कथा लेखेर सच्याउँछन्
मोडेर, अनि जोडेर

म सिसाकलम बोक्ने एउटा प्राणी
ग्रेफाईटको चुच्चोले खरानी रङ्गका धर्का कोर्छु
अनि आफ्ना कथाहरु लेख्छु
लेख्छु, मेट्छु, अनि फेरि लेख्छु
मसँग रङ्गीचङ्गी "रिफिल" छैनन्
न त मोटा चिल्ला धर्का तान्ने "परमानेन्ट मार्कर" नै छन्
मैले मेटेका अक्षरहरु सतहमुनि कतै छन्
देखिँदैनन् , तर त्यहीँ छन्
त्यहीँ मुनि कतै।
शायद म कथाहरु मेट्दिन
संचित गर्छु
शायद ती कथाहरु
सप्तरङ्गी कलमका आख्यानहरुभन्दा
सशक्त छन्,
गह्रौँ छन्

मेरो कल्पनामा
कुनै दिन
सिसाकलमले लेखिएका मेरा कथाहरु
व्यापकता र घनत्व ले परिभाषित हुनेछन्
अनि ,कहीँ कतै
ती कलम र "मार्कर"वालाहरु,
"करेक्शन पेन" को खोजीमा भौंतारिनेछन्

Comments

  1. Wow bro. you get better with every new one and that itself is one massive achievement consider your past creations.. Keep up the panache

    ReplyDelete
  2. Thanks bro. It is all vehement and instinctive till date. Surely keeping it out of the mainstream is doing good. Keep inspiring!!

    ReplyDelete
  3. Replies
    1. thank you so much dude. I'm glad i have people like you to actually talk about my work. I feel blessed!

      Delete

Post a Comment