......अल्पविराम

धैर्य को महत्व
सम्मानित छ
अनि उत्तिकै अतिरन्जित पनि
गुमाउनु त गुमाउनु नै हो
तर
साँच्नु पनि गुमाउनु नै रैछ
समय साँचेर
आजसम्म
कल्ले के गर्यौ खै?

सहनशीलता
एउटा दुर्लभ अश्त्र
अनि भय ,
हावासरी सस्तो।
पर्खंदै, चल्दै 
आफैँलाई सम्हाल्दै
यी दुईमाथि विजय
पाएझैं ठान्ने
पहाडसरि उँचो
महत्वाकांक्षा राख्ने
तर,
वृत्ताकार बाटोको
अन्त्य खोज्दै हिंड्नेहरु 
आजसम्म
कल्ले के पायौ खै ?


बाटो छर्लङ्ग रहुन्जेल
पर्खाईमा रम्नु पनि
प्रसन्नताको  
एउटा विचित्र श्रोत हुँदो हो
तर,
अनिश्चितता सँग द्वन्द चलिरहँदा
समयको त्यै संचित रुप
उदासिनताको इन्धन बन्छ  
मीठा कल्पनाहरु  
मुर्त देख्नेहरु
श्यामश्वेत सपनाहरुलाई
रंगिन यथार्थमा उतार्न खोज्नेहरु,
आखिर
कल्पनामा रोपेको
कुन बोट ठुलो भयो खै ?

भूतको रापले डढ्दापनि
ग्लानीको बर्को फ्याल्न नखोज्ने
महत्वकांक्षाले टल्किने
तर ऐना हेर्न डराउने 
सङ्कल्पको जोखिमसँग
भयभीत भएर,
घडी रोकाएर बस्नेहरु
अचल भएर कैलेसम्म
घुँडा खियाउँछौ
समय साँचेर
आजसम्म
कल्ले के गर्यौ खै?

Comments

  1. kasto depressing lekh ho yaar... but i think it serves the purpose, reader can feel it....

    ReplyDelete
    Replies
    1. Well people who can relate to it, surely can.

      Delete

Post a Comment