कुनै परिचित जब म तिर हिँड्दै आउँछ, ऊ भन्दा पहिलै उसको त्यो एउटा प्रश्न म सम्म पुगिसकेको हुन्छ
शायद म उतिर हिँड्दा पनि उ तेस्तै सोच्दो हो ! उ आफ्नो टाउको माथि एउटा अदृश्य "के छ " प्रश्न बोकेर हिंडिरहेको हुन्छ, जुन शायद बारम्बार दोहोरिरहँदा अलि स्पस्ट भैसकेको हुन्छ होला।
यो उमेरसम्म आइपुग्दा मलाई हाम्रो संस्कृतिको सबैभन्दा सामान्य र प्रिय प्रश्न नै "के छ ?" हो जस्तो लाग्न थालिसक्यो। तर आजसम्म पनि मैले यसको कुनै सटिक र चित्तबुझ्दो उत्तर पाउन सकेको छैन। न त दिनै सकेको छु। उत्तर नै पो छ कि छैन, आजकाल त्यसैमाथि शंका लाग्न थालिसक्यो !
ऐले सम्म जति चोटी यो प्रश्न सोधें, अधिकांश समय उत्तर एउटै आयो - "ठिकै छ "
मैले पनि " ठिकै छ" को सट्टा अरु कुनै जवाफ ऐलेसम्म दिन सकेको छैन !
हुन त मान्छेको जात न हो, कि त आफ्नो अभावमा चित्त बुझाउनको लागि, कि त आफुले जसरी तसरी संगालेको सुख जोगाउनको लागि संघर्ष गरिरहेकै हुन्छ।
त्यै भएर पनि एकदमै सकारात्मक स्थिति बाट गुज्रिरहेको बेला " ठिकै छ" भन्ने अनि तनाव को बेला पनि "ठिकै छ" भन्ने परिपाटी बसेको हुनसक्छ !
हुन त "एकदम सहि छ", " मोज छ", "रमाइलो छ" जस्ता उत्तर पनि नआउने होइनन्।
अथवा "खतम छ", "बिजोग छ","तनाव छ" खालका उत्तरहरु पनि नआउने त होइनन्।
तर सामान्य स्थिति मा सामान्य सम्बन्धले जोडिएका मान्छेहरु को प्रश्नमा "ठिकै छ" बाहेक अन्य उत्तरहरु आउनु अलि स्वाभाविक हुँदैन।
त्यसरी नै " के हुँदैछ "," के गर्दैछस् " जस्ता प्रश्नहरुको उत्तर पनि " खासै केहि छैन ","यत्तिकै","के हुनु चलिराछ" बाहेक अरु आउनु अचम्म नै हुन्छ।
यो मामलामा "खतम टाइम चलिराछ", "बिजोग भैराछ" जस्ता उत्तरहरु अलि सामान्य हुनसक्छन् , तर पनि मेरो बुझाईमा त्यो वास्तविकता भन्दा बढी मान्छेले आफ्नो स्थितिलाई अलि बढाई-चढाई गरेर प्रस्तुत गरेको हो कि जस्तो लाग्छ। खराब परिस्थिति बाटै गुज्रीरहेकाहरुको लागि पनि वास्तविकता अरुले औल्याइदिएको भन्दा आफैले बढाएर सुनाएको कम पीडादायी हुन्छ। त्यै भएर पनि मान्छेले आफैँ आफ्नो अवस्थालाई बिजोगसंग निकट राखेर प्रस्तुत गर्ने हो कि? अनि " एकदमै प्रगति गरिराछु ", "व्यापक रमाइलो टाइम छ" भनेर भन्न पनि मान्छेको अस्थिरता सँगको डर ले नदिँदो हो कि ? खोइ के हो !
सोंच्दा अचम्म लाग्छ, तर आफ्नो अवस्था सकारात्मक छ भन्नेहरु नकारात्मक छ भनेर भन्नेहरुका अगाडी ब्यापक अल्पमत मा पर्दा रहेछन्। कम से कम मेरो अनुभव ले चाहिँ यै नै देखाउँछ।
हुन त यो खासै चिन्तन गर्नुपर्ने बिषय त होइन, तर कहिलेकाहिं उत्तरको अभाव हुँदा अनि एकरसतासँग बारम्बार टकराव भैरहँदा यस्ता सामान्य प्रश्नहरुले पनि ठुलै रहस्य बोकेर हिँड्दा रैछन् भन्ने कुराको अनुभूति हुँदो रहेछ !

hai...dherai nai samanye ho tara tyo bahek aru kei bhanna ni naaune sabda ....
ReplyDeleteho k tara :D
Deletek chha?
ReplyDeleteठिकै छ कान्छी 😜
ReplyDeleteठिकै छ कान्छी 😜
ReplyDelete