तिम्रो ऐना कहाँ हरायो ?
कसैले लग्यो कि !
कसैले चोर्यो कि !
कि फुट्यो खोइ !
तिम्रो ऐना कहाँ हरायो ?
एउटा सपाट सिसाको टुक्रा
एउटा पारदर्शी संरचना
जहाँ बाट मैले तिम्लाई देख्थें
अनि तिम्ले मलाई
सिसाको एउटा ठोस पर्खाल
जसले हामीलाई छुट्टयाउँथ्यो
तर त्यसबाट वारपार गर्ने प्रकाशले
जोडेर राखिरहन्थ्यो
आखाँले बोल्ने आवाज
झनै चर्को सुनिन्थ्यो,
अनि मीठो पनि
तर,
तिम्रो अवरोध सँगको निकटता
भनौं कि
अस्पष्टता प्रतिको मोह
एकरसता सँगको मतभेद
भनौं कि
अपारदर्शिता ले दिने राहत
चाँदी पोतेर ,
त्यो सिसाको टुक्रालाई
ऐना बनायौ
पहिले कैयौँ सजीव भावनाहरु
पढ्न मिल्ने सिसामा ,
एउटै आकृति देख्न थाल्यौ
एउटै निर्जीव आकृति !
पहिले भरोसाको आभास हुने सतहमा
असुरक्षाको छायाँले
प्रतिबिम्ब बनाउन थाल्यौ ,
एउटा गाढा प्रतिबिम्ब !
बाध्यताहरु
उदेकलाग्दा हुन्छन् !
अनि बेवास्ताले किनेको
क्षणिक राहत,
त्यतिनै अस्थिर।
मन फिरेर कहिलेकाहिं
फेरि ती
अपवर्तित किरणहरु संगाल्न खोज्थ्यौ
कृत्रिमतासँग हताश भएपछि
कहिलेकाहिं ,
मेरो सजिवतालाई बोलाउन खोज्थ्यौ
तर दुर्भाग्य भनौं कि गम्भीर ठट्टा
तिम्ले पोतेको सिसा
ऐनै रह्यो
जुनै दिशामा घुमाएपनि
जतिनै प्रकाश संचय गरेपनि
त्यो ऐनाले
तिम्रै निराशा परावर्तित गरिरह्यो
अन्तर्द्वन्द मै अल्झाएपनि
निरर्थकता मै झुलाएपनि
आत्मालोचना मा साथ दिन्थ्यो
हरेक विषमतामा संगै हुन्थ्यो
तिम्ले आफैँ रोजेको साथी
तिमी संग हिंड्न डरायो
कसैले चोर्यो कि फुटेर गयो?
तिम्रो ऐना कहाँ हरायो?
कसैले लग्यो कि !
कसैले चोर्यो कि !
कि फुट्यो खोइ !
तिम्रो ऐना कहाँ हरायो ?
एउटा सपाट सिसाको टुक्रा
एउटा पारदर्शी संरचना
जहाँ बाट मैले तिम्लाई देख्थें
अनि तिम्ले मलाई
सिसाको एउटा ठोस पर्खाल
जसले हामीलाई छुट्टयाउँथ्यो
तर त्यसबाट वारपार गर्ने प्रकाशले
जोडेर राखिरहन्थ्यो
आखाँले बोल्ने आवाज
झनै चर्को सुनिन्थ्यो,
अनि मीठो पनि
तर,
तिम्रो अवरोध सँगको निकटता
भनौं कि
अस्पष्टता प्रतिको मोह
एकरसता सँगको मतभेद
भनौं कि
अपारदर्शिता ले दिने राहत
चाँदी पोतेर ,
त्यो सिसाको टुक्रालाई
ऐना बनायौ
पहिले कैयौँ सजीव भावनाहरु
पढ्न मिल्ने सिसामा ,
एउटै आकृति देख्न थाल्यौ
एउटै निर्जीव आकृति !
पहिले भरोसाको आभास हुने सतहमा
असुरक्षाको छायाँले
प्रतिबिम्ब बनाउन थाल्यौ ,
एउटा गाढा प्रतिबिम्ब !
बाध्यताहरु
उदेकलाग्दा हुन्छन् !
अनि बेवास्ताले किनेको
क्षणिक राहत,
त्यतिनै अस्थिर।
मन फिरेर कहिलेकाहिं
फेरि ती
अपवर्तित किरणहरु संगाल्न खोज्थ्यौ
कृत्रिमतासँग हताश भएपछि
कहिलेकाहिं ,
मेरो सजिवतालाई बोलाउन खोज्थ्यौ
तर दुर्भाग्य भनौं कि गम्भीर ठट्टा
तिम्ले पोतेको सिसा
ऐनै रह्यो
जुनै दिशामा घुमाएपनि
जतिनै प्रकाश संचय गरेपनि
त्यो ऐनाले
तिम्रै निराशा परावर्तित गरिरह्यो
अन्तर्द्वन्द मै अल्झाएपनि
निरर्थकता मै झुलाएपनि
आत्मालोचना मा साथ दिन्थ्यो
हरेक विषमतामा संगै हुन्थ्यो
तिम्ले आफैँ रोजेको साथी
तिमी संग हिंड्न डरायो
कसैले चोर्यो कि फुटेर गयो?
तिम्रो ऐना कहाँ हरायो?
Comments
Post a Comment